
विराटनगर, असोज ५ ।
सोमबारबाट पाँच दिनसम्म मेघ गर्जन र चट्याङसहितको भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यस्तै देशका केही स्थानमा हावाहुरीसहित वर्षा र चट्याङसमेत पर्ने सम्भावना रहेको विभागले जनाएको छ । वर्षा प्रभावित पार्ने क्षेत्रमा शुक्रबारसम्म सतर्कता अपनाउन समेत विभागले अाग्रह गरेको छ ।
उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ ।