खुर्पा प्रहार गरि ज्वाईंले गरे ससुराको हत्या

५ आश्विन २०७७, सोमबार
प्रतिनिधिमूलक तस्वीर

नवलपुरको कावासोती नगरपालिका-१५ मा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका ३१ वर्षीय सुवास मगरले ७३ वर्षीय ससुरा विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

घाँटीमा खुर्पाको प्रहारबाट गम्भिर घाइते भएका राईको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन् । उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैँले आफैँलाई हानेर घाइते बनाएको हुनसक्ने प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।