बाँके कारागारका एक कैदीको कोरोनाको कारण मृत्यु

५ आश्विन २०७७, सोमबार

विराटनगर, असोज ५ । बाँके कारागारका एक कैदीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्ति सुर्खेतको गुर्भाकोट नगरपालिका–४ सहारेका ५८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

कर्तव्य ज्यान मुद्दामा बाँके कारागारमा सजाय काटिरहेका ती पुरुषलाई भदौ २२ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा रहेको आइसोलेसनमा भर्ना भएका उनको अाज बिहान ६:२५ मा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उनी दम र श्वासप्रश्वास सम्बन्धि समस्याबाट पहिलेदेखि नै ग्रस्त रहेको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ ।