विराट मेडिकलमा एक र विपीमा दुई महिलाको कोरोनाको कारण मृत्यु

५ आश्विन २०७७, सोमबार

विराटनगर, असोज ५ । धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अाइतबार बेलुका र सोमबार दिउँसो गरेर दुई महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

झापाको मेचीनगर–८ की ७२ वर्षीय बृद्धालाई कन्काई अस्पतालले रिफर गरेपछि आइतबार विपीमा भर्ना गरिएको थियो । छाती दुख्ने, शरीरमा कमजोरी र न्यूमोनियाको लक्षण देखिएको बृद्धाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको र विपीको कोभिड अस्पतालमा भर्ना गरिएपछि आइतबार राती ९ः२० बजे नै मृत्यु भएको डा. सापकोटाले जनाएका छन् ।

त्यस्तै विपीको मेडिसिन वार्डमा भदौ ३० गते भर्ना भएकि सुनसरी इनरुवा–४ की ४९ वर्षीया ४२ वर्षीया महिलाको सोमबार दिउँसो २ बजे मृत्यु भएको छ । मृगौलाको समस्या भएकी महिलाको असोज १ कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

त्यस्तै मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेजमा उपचाररत ३७ वर्षे महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कलेजोको समस्या लिएर भदौ ३० गते अस्पताल भर्ना भएकी ताप्लेजुङ्ग पाथिभरा याङवर १ की महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसियु कक्षमा राखेर उपचार गर्ने क्रममा बिहान करिव ११ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।