Logo

हिमचितुवाको उपमा पाएका अाङरिता शेर्पाको निधन

Logo 2020-09-21 03-09    Hamro Biratnagar

विराटनगर, असोज ५ । हिम चितुवाको नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा काठमाडौंको जोरपाटीस्थित अाफ्नै निवासमा सोमबार बिहान १० बजे निधन भएको छ।

अक्सिजनबिना नै १० पटक सगरमाथाको सफल आरोहरण गरेर हिम चितुवाको नामले चिनिएका उनी केही वर्षदेखि बिरामी भएर थलिएका थिए।

सोलुखुम्बुको थमोमा पुर्ख्यौली थलो रहेको उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

उनको अन्तिम संस्कार भने एक/दुई दिनमा गरिने पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?