विराटनगरमा ९७ सहित प्रदेश एक मा ११९ जना थपिए

५ आश्विन २०७७, सोमबार

विराटनगर । असाेज ५

मोरङको विराटनगरमा ९७ जना सहित आइतबार प्रदेशभर ११९ जना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार गरिएको ५५७४ परीक्षणमा सो संख्यामा संक्रमित देखा परेका हुन्।

विराटनगरमा ४३ महिला र ५४  पुरुष थपिएका छन ।

संक्रमित मध्ये

  • मोरङका १ सय ५,
  • सुनसरीका ९,
  • झापाका २,
  • उदयपुर, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको कटहरीमा २ महिला र ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुष, सुनसरीको धरानमा ५ महिला र ४ पुरुष, झापाको विर्तामोडमा १ पुरुष, मेचीनगरमा १ महिला, उदयपुरको त्रियुगा र संखुवासभाको चैनपुरमा १–१ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ ।त्यस्तै प्रदेश १ मा अाज १६ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ५५२ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३–३ जना रहेका छन् । त्यस्तै प्रदेशमा गएको २४ घण्टामा ९७६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १ लाख १६ हजार ५५२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।