नेपालमा संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २३८ पुगयो

५ आश्विन २०७७, सोमबार

नेपालमा सोमबार थप १००५ जना निको भएसँगै कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिएका छन्।

त्यस्तै सोमबार थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या ६५ हजार २७६ पुगेकाे छ । सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।

यसैगरेर अाज थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेकाे संख्या ४२७ पुगेकाे छ ।