ताप्लेजुका लागि उड्न लागेकाे सीता एयरमा ४ जना संक्रमित भेटिएपछि

५ आश्विन २०७७, सोमबार

विराटनगर । असाेज ५

काठमाडाैँबाट ताप्लेजुङ फर्कन टिकट काटेका ४ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि ६ जना मात्रै यात्रु लिएर सीता एयरको जहाज उडेकाे छ। आन्तरिक उडान सञ्चालन भएको पहिलो दिन नै ताप्लेजुङ आउन लागेका १० जनाले टिकट गरेकामा उनीहरुमध्ये ४ जनामा काेराेना देखिएकाे थियाे ।

सीता एयरले ७ जना यात्रु लिएर ताप्लेजुङबाट फर्किएकाे छ। लामाे बन्दाबन्दीपछि उडान सुरु भएसँगै सुकेटार विमानस्थलमा सीता एयरले पहिलो उडान गरेको थियाे । पिसिआर जाँच गर्दै अन्य स्वास्थ्य सुरक्षाका आवश्यक उपाय अपनाएर नियमित उडान सुरु गरिएको सीता एयरले जनाएकाे छ।

एयरका अनुसार काठमाडौंबाट अन्यत्र उड्ने यात्रुलाई पिसिआर जाँच गरेर मात्र यात्रा गराउनु पर्ने हुन्छ । सीता एयरले प्रत्येक टीकटमा ५ सय रूपैयाँ छुटसमेत दिएको जनाएकाे छ।