
विराटनगर । असाेज ६
सुनको मूल्य एक महिनायताकै सबैभन्दा सस्तो बनेको छ । मंगलबार एकैदिन १७ सय रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको ९५ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि प्रतितोला १७ सय रुपैयाँले सस्तिएर ९५ हजार रुपैयाँ कायम भएको छ ।