सानिमा जनरलले ३० कराेडकाे शेयर खुला गर्दै

६ आश्विन २०७७, मंगलवार
सांकेतिक तस्वीर

विराटनगर । असाेज ६

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशन गर्ने भएकाे छ। कम्पनीले प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने छ।

साेमबार नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले आईपिओ निष्कासन गर्न लागेकाे हाे। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । शेयर निष्काशन गरे पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।

कम्पनीले यसअघिनै एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरे