चीनमा अर्को रोगको संकट ?

६ आश्विन २०७७, मंगलवार
तस्विर : गूग्ल

असोज ६, विराटनगर ।

विश्वभर कोरोना भाइरस को महामारीको बीचमा ब्याक्टेरियाको संक्रमणबाट लाग्ने ब्रुसेलोसिस रोगको संक्रमण चीनमा फैलिएको छ।

सोमबारसम्म चीनको गाङ्सु प्रान्तको लाङझोउमा तीन हजार २४५ जना मानिसमा यो रोगको संक्रमण देखिएको हो । (ग्लोबल टाइम्स)

ग्लोबल टाइम्स अनुसार करिब २२ हजार मानिसमा गरिएको परीक्षणमा चार हजार ६ सयभन्दा धेरैको प्रारम्भिक नतिजा पोजेटिभ आएको थियो । यो रोगको तीन हजार २४५ जनामा संक्रमण पुष्टि र संक्रमण अझै बढ्न सक्ने आशंका बढेको छ ।

 ब्रुसेलोसिस के हो ?

ब्याक्टेरियाको संक्रमणबाट हुने रोग जुन विशेषगरी गाइवस्तु, सुँगुर, बाख्रा, भेडा र कुकुरमा लाग्छ । सो संक्रमित जनावरको सम्पर्कमा वा जनावरहरुबाट उत्पादित खानेकुरा (दूध, मासु, आदि) खाँदा वा पिउँदा पनि मानिसमा रोग सर्न सक्ने सम्भावना रहेको छ ।

डब्ल्यू.एच.ओ का अनुसार यो रोग त बाख्रा वा भेडाको निर्मलीकरण नगरिएको दूध वा चीजबाट सर्ने गरेको पाइएको छ ।

यो रोग को लक्षण

  • ज्वरो आउने,
  • पसिना आउने,
  • अस्वस्थ अनुभूति हुने,
  • खाना खान मन नलाग्ने, टाउको र मांसपेशी दुख्नेजस्ता लक्षण देखिन्छन् ।

हालसम्म  मानिसबाट मानिसमा सर्नु दुर्लभ मानिएको छ ।