पानी जमेकाे खाल्डाेमा परी किशाेरीकाे मृत्यु

६ आश्विन २०७७, मंगलवार
सांकेतिक तस्वीर

विराटनगर । असाेज ६

मोरङको जहदा गाउँपालिका–२ मा मंगलबार बिहान पानी जमेको खाल्डोमा डुबेको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

स्थानीय १७ वर्षीया रविना ऋषिदेवको शव पानी जमेको खाल्डोमा भेटिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।

बाढीले कटान गरेर बनाएको उक्त खाल्डोमा किशोरी डुबिरहेको अवस्थामा देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छारे रोग सम्बन्धी पुरानो समस्या रहेकी उनी हिँड्ने क्रममा लडेर खाल्डोमा परेको र निस्कन नसक्दा त्यहीँ मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।