
विराटनगर । असाेज ६
सुनसरीकाे देवानगंजबाट भारततिर लुकाइ-छिपाइ ८० बोरा सेतो मटर लैजाँदै गर्दा प्रहरीले मंगलबार बरामद गरेको छ । गाेप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिमा क्षेत्रबाट को १ च ८३६० नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएकाे बताएकाे छ।
चेकजाँचका क्रममा ८० बाेरा मटर बरामद गरेकाे छ । साे मटरकाे बजार मूल्य एक लाखभन्दा माथि छ । उक्त भ्यानका चालकसहित अन्यलाइ भन्सार कार्यालयमा बुझाएकाे प्रहरीले जनाएकाे छ ।
लकडाउन खुलेसँगै पूर्वका सीमा नाकाबाट तस्करीका घटना बढ्दै गएकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।