बलिउड ड्रग्स प्रकरणमा मुछिइन् दीपिका, साेधेकी थिइन् : ड्रग्स छ?

६ आश्विन २०७७, मंगलवार

नयाँ दिल्ली । असाेज ६

बलिउडकी सफल अभिनेत्री दीपिका पादुकाेणकाे नाम ड्रग्स मामिलामा जाेडिएकाे छ । अभिनेता सुशान्त सिंह राजपुतकाे मृत्युपछि माैलाएकाे ड्रग्स प्रकरण लम्बिदैँ गएर दीपिका पादुकाेणसम्म आइपुगेकाे हाे ।

दीपिका पादुकोणले जया साहाको कम्पनीकी म्यानेजर करिश्माको साथमा भएको ड्रग्स च्याटको बारेमा खुलासा भएको छ । यो खुलासा एनसीबीले गरेको हो ।

एनसीबीले ह्वाट्सएप च्याटमा दीपिकाले ड्रग्सको बारेमा च्याट गरेको कुरा भेट्टाएको हो । दीपिकाले करिश्मालाई सोधेकी छ्न, के तिमीसँग माल छ ? यसमा करिश्माले छ, तर घरमा, म अहिले बान्द्रामा छु भनेकी छन् ।

यसमा करिश्मा कोहि अमितको नाम लिएर भन्छिन्, ‘म अमितको माध्यमबाट तिमीलाई पठाउन सक्छु, त्यसमा दीपिका भन्छिन्, एस प्लीज, केहि समय पछि करिश्मा भन्छिन्, अमित लिएर जाँदैछ, त्यसपछि दीपिका भन्छिन्, ह्याश छ नि ? तर करिश्मा भन्छिन्, ह्याश होइन गाँजा हो ।’

एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।