
विराटनगर असोज ६ ।
प्रहरीले विराटनगरमा टेलीकमको टाँगिएको तार काट्ने र जम्मा गरेर बिक्री गर्ने चारजना लाई प्रहरीले पक्राउ गरेको छ ।
असोज १ गते नेपाल टेलिकमले जिल्ला प्रहरी कार्यालय मोरङलाई तार चोरी भएपछि पत्र लेखेर अनुसन्धानका लागि आग्रह गरेको थियो । विराटनगर–४ जामुनगाछीबाट असोज ५ गते बेलुका ८ बजे प्रहरीले चारजनालाई तारसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरुमा
- विराटनगर–६ बस्ने वर्ष २१ को विजय सहनी,
- वर्ष १८ को राज सहनी,
- वर्ष २१ को रविन सहनी र वर्ष १९ को सुमित सहनी रहेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राई अनुसार नेपाल टेलिकमको १५० पेयर तथा २२० मिटर केवल तारसहित को.९ प ४१५८ नम्बरको यामाहा कम्पनीको मोटर साइकल समेत बरामद गरिएको हो ।