विराटनगरमा २१ सहित प्रदेश एक मा १६६ जना थपिए

६ आश्विन २०७७, मंगलवार

विराटनगर । असाेज ६

मोरङको विराटनगरमा २१ जना सहित आइतबार प्रदेशभर १६६ जना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार गरिएको १३३६ परीक्षणमा सो संख्यामा संक्रमित देखा परेका हुन्।

विराटनगरमा ११ महिला र १०  पुरुष थपिएका छन ।

संक्रमित मध्ये मोरङका ५६, सुनसरीका ७६,
झापाका २४, संखुवासभाका ३, तेह्रथुमका १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको बुढीगंगामा ८ महिला र १५ पुरुष, बेलबारीमा ५ महिला र ३ पुरुष, रंगेलीमा २ पुरुष, जहदामा१ महिला र पथरीमा १ पुरुषमा संक्रमण देखिएको हो ।

सुनसरीको धरानमा १९ महिला र १५ पुरुष, दुहवी र इटहरीमा समान ८ महिला र १२ पुरुष र रामधुनीमा २ पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ५९ पुगेको छ ।त्यस्तै प्रदेश १ मा अाज ३७ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ५९१ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १ लाख १७ हजार ८८८जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै अाज देशभरमा १३५६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन् ।