
धरान ।
उपमहानगरपालिका धरानको कर तथा राजस्व इसेवामार्फत तिर्न सकिने व्यवस्था गरिएको छ।
उपमहानगरपालिका धरानको नगरबासीले
- सम्पत्ती कर,
- भूमि कर,
- व्यवसाय कर,
- घर तथा बहाल कर,
- दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्नसक्ने छन्।
इसेवामा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधैं कर तथा राजस्व भुक्तानी गर्नसक्ने र एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सक्छन्।
दुई तरिकाबाट भुक्तानी गर्न सक्ने
- शुरुमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ। सोपछि इसेवाको मोबइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिन्छ।
- दोस्रो मा धरान नगरपालिकाको वेबसाइटबाट युजरनेम र पासवर्ड हालेर कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ।