राजस्थानको पहिलो जीत, हरायो चेन्नाईलाई १६ रनले

७ आश्विन २०७७, बुधबार

विराटनगर, असोज ७ । १६ अौं संस्करणको जारी आइपीएलको मंगलबार भएको खेलमा चेन्नाई सुपर किंग्स, राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको छ।

राजस्थानले दिएको २१७ रनको विशाल लक्ष्य पछ्याएको चेन्नाईलाई राजस्थानले २ सय रनमा नै रोकेको हो।

चेन्नाईका लागि फाफ डुप्लेसिसले ३७ बलमा एक चौका र सात छक्कासहित ७२ रन जोडेका थिए । त्यस्तै सेन वाटसनले ३३, महेन्द्रसिंह धोनीले २९, केदार यादवले २२ र मुरली विजयले २१ रन जोडेका थिए ।

टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २१६ रन जोडेको थियो। राजस्थानका लागि सन्जु सामसम ३२ बलमा १ चौका र ९ छक्कासहित ७४ रन जोड्न सफल भएका थिए । त्यस्तै राजस्थानलाई जिताउनका लागि स्टिभ स्मिथले ४७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६९ रन बनाएपछि चेन्नाईका लागि विशाल लक्ष्यको सामना गर्नुपरेको थियो ।

राजस्थानको भने यो पहिलो खेल भने चेन्नाईले उसको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो।