पाँच दिन देशभर वर्षा हुने

७ आश्विन २०७७, बुधबार

विराटनगर,  असोज ७ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले वर्षा अझै केही दिन जारी रहने जनाएको छ ।

मनसुन यस वर्षको बुधबार सकिने दिन हो । तर मौसमविद्हरु अनुसार मनसुन केही दिन जारी रहेर लम्बिने र अबको चार–पाँच दिन मनसुन सक्रिय हुने अनुमान गरिएको छ ।

अर्याल अनुसार “नेपालमा पूर्र्वीय र मध्यक्षेत्र हुँदै पश्चिमतर्फ मनसुनी वायु सक्रिय भइसकेको छ, त्यसैले केही दिन कतै झरी र कतै भारी वर्षा हुने सम्भावना छ,” । मनसुन बढी सक्रिय गराउने वायुसहित उत्तरपूर्व बङ्गालको खाडीमा ठूलो न्यूनचापीय क्षेत्र छ । जुन उत्तरपूर्व हुँदै उत्तरपश्चिम सर्दै गरेको अवस्थामा रहेको अर्यालको भनाइ छ ।

बुधबारसम्म देशका समग्र भूभागमा नै मनसुनी प्रभाव कायम हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको अनुमान गरिएको छ ।

प्रदेश १, २, बाग्मती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाइएको छ । राति मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले अनुमान गरिएको छ ।