कोरोना संक्रमणबाट विराटमा झापाका ८६ वर्षीय बृद्धको मृत्यु

७ आश्विन २०७७, बुधबार

झापा भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्ध पुरुषको बुधबार बिहान ५ः५० बजे कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरका अनुसार कोरोनासँग मिल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । प्रमुख डा. पुरु कोइराला अनुसार स्वाब संकलन गरेर परीक्षण गर्दा असोज ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको र आइसोलेसनको आईसीयूमा भर्ना गरेर उपचार गरिए पनि वृद्धको मृत्यु भएको हो ।