२४३ वटै प्रहरी युनिटलाई उपत्यकामा मानवअधिकारबारे प्रशिक्षण

७ आश्विन २०७७, बुधबार

असोज ७, ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका २४३ वटै युनिटहरुलाई मानवअधिकार सम्बन्धी प्रशिक्षण दिने भएको छ ।एसएसपी सुशील कुमार यादव र किरण बज्राचार्य नेतृत्वको टोली प्रशिक्षण दिन खटाइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेल अनुसार जनताको हक अधिकारलाई सम्मान गर्दै व्यवसायिक जिम्मेवारी कसरी पूरा गर्ने भनेर जवानदेखि अधिकृतसम्मलाई प्रशिक्षण दिइने र संक्रमणको जोखिमका बाबजुद ड्युटी पूरा गर्नुपर्दा कर्मचारीमा व्यक्तिगत, पारिवारिक र मनोगत समस्या देखिएकाले शिक्षण दिन लागिएको हो ।