
विराटनगर, असोज ७ ।
बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको र मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १७ सय रुपैयाँ घटेको थियो ।
महासंघ अनुसार बुधबार तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने बुधबार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको र मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।