Logo

पोखरामा बाघको छाला बेच्न हिँडेका युवक पक्राउ

Logo 2020-09-23 12-09    Hamro Biratnagar

प्रतीनिधी मुल्क : तस्विर

पोखरा

धादिङ गल्छी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले कास्कीको पोखरा महानगरपालिका–३१ बनपोखरीबाट अवैध बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा लामिछानेलाई पक्राउ गरेको हो । प्रदेश नं. ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकल शिसुवाबाट बनपोखरीतर्फ जाँदै गरेको क्रममा मोटरसाइकल चेकजाँच गर्दा झोलामा लुकाईछिपाई ल्याएको अवैध वन्यजन्तुको आखेटोपहारसहित लामिछाने पक्राउ परेको र अवैध बाघको छाला १ थान, सालकको खपेटा १ थान, वन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा गरी अन्दाजी ३ केजी ७५० ग्राम बरामद भएको एसपी श्रेष्ठले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?