लगातार घट्दो सुनको मुल्य

७ आश्विन २०७७, बुधबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर, असोज ७ । लगातार घटिरहेको सुनको मुल्य बुधबार पनि घटेको छ । मंगलबार १ हजार ७०० घटेको सुनको मुल्य आज फेरि १ हजार २०० घटेको हो।

मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै मंगलबार प्रतितोला १ हजार २ सय ३० मा कारोबार भएको चाँदी आज तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।