
विराटनगर । असोज ७
सुनसरीको कोशी गाँउपालिका–१ मा टिफरको ठक्करबाट बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।
को १ ख ६२१६ नम्बरको टिफरले साईकलमा रहेका सोही स्थानका २९ वर्षीय राजकुमार यादवलाई ठक्कर दिदा यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनामा टिफर चालक सप्तरीका ४७ बर्षीय नोखनी मण्डल घाईते भएका छन् । उनको जिल्ला अस्पताल ईनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।