
विराटगर । असाेज ७
सिडिएससीले भदौ २५ गते भएको कारोबारमा बाँकी रहेको २३ करोड रुपैयाँभन्दा धेरै कारोबारको राफसाफ असोज ९ गते शुक्रबार हुने बताएकाे छ।
गत २५ भदाैमाका दिन कूल २९ हजार ९ सय ९६ वटा कारोबार भएकोमा ४ हजार २९७ वटा कारोबारको राफसाफ बाँकी रहेको सिडिएससीले जानकारी दिएकाे हाे ।
स्टक एक्चेन्जकाे कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएकापछि थारै कारोबार भएर बजार २ घण्टा बन्द भएको थियो। नेप्सेले पनि कारोबार व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको कारण कारोबारको सेटलमेन्ट पोष्टपोन्ड गर्न सिडिएसीलाई आग्रह गरेकोका कारण बाँकी काेराेबारका काम हुन सकेकाे थिएन ।
पुनः भदौ ३१ गते सिडिएससीले अंशिक कारोबारको राफसाफ सम्पन्न गरेको थियो । २ बजेभन्दा अगाडि भएका कारोबारको राफसाफ बाँकी नै थियाे । भदौ ३१ गते नै सिडिएससीले १ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबारको रफसाफ गरेको थियो।
२३ करोड १४ लाख ६५ हजार ३ सय ७० रुपैयाँ बराबरको कारोबारको राफसाफ बाँकी रहेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। २५ करोड ७ लाख ६५ हजार ८७९ को रुपैयाँको कारोबारको राफसाफ बाँकी भए पनि १ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबारको भने रद्द भएको जनाएकाे छ।
भदौ २५ गते १ सय ८९ वटा कम्पनीको ४३ लाख २९ हजार ६ सय ६५ कित्ता शेयर २ अर्ब २० करोड ९६ लाख ४४ हजार ९ सय ७२ कित्ता शेयर कारोबार भएको थियो।