खाद्य कम्पनीले ५२ रुपैयामा प्याज विक्री गर्ने

७ आश्विन २०७७, बुधबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असोज ७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बरामद गरेको प्याज प्रतिकेजी ५२ रुपैयाँमा बिक्री गर्ने भएको छ।

प्याजमा कालोबजारी भएको भन्दै विभागको बजार अनुगमन टोलीले गत असोज १ गते बजार अनुगमन गर्दा लुकाएर राखिएको अवस्थामा बल्खु र कालीमाटीमा करिब १२०० केजी प्याज प्रहरी प्रशासनको सहयोगमा बरामद गरी पसलका सञ्चालकलाई नियन्त्रणमा लिइएको थियो ।

लामो समयसम्म राख्दा प्याज कुहिने भएपछि मङ्गलबार साँझ उद्योग मन्त्रालयमा भएको छलफलले व्यापारीले रु ५२ प्रतिकिलोका दरले प्याज किनेको अाधारमा सोही मूल्यमा खाद्य कम्पनीलाई बिक्रीको जिम्मा दिइएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिएका छन् ।