
विराटनगर । असोज ७
सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको मंगलबार राति कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
अस्पतालका प्रवक्ता डा.दिनेश सापकोटाका अनुसार मृत्यु हुने पुरुष सिराहाको औरी–३ का रहेका छन् ।
टाउको दुख्ने, उल्टी आउने जस्ता लक्षण देखिएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उनलाई भर्ना गरिएकोमा उनलाई मंगलबार कोरोना पुष्टि भएपछि प्रतिष्ठानमा रेफर गरिएको थियो । मंगलबार राति १२ः४५ बजे उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।