
विराटनगर । असाेज ७.
मोरङको विराटनगरमा २४ जना सहित बुधबार प्रदेशभर ९१ जना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार गरिएको ८०८ परीक्षणमा सो संख्यामा संक्रमित देखा परेका हुन्।
संक्रमित मध्ये
- मोरङका ४२,
- सुनसरीका ३७,
- झापाका २४,
- पाचथरका २, तेह्रथुमका र ताप्लेजुङका १/१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा ११ महिला र १३ पुरुष थपिएका छन । त्यस्तै मोरङको पथरी र जहदामा समान ३ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, बेलबारीमा ५ महिला र ३ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १ पुरुष मा संक्रमण देखिएको हो ।
सुनसरीको इटहरीमा समान २४ महिला र ७ पुरुष र दुहवीमा २ महिला र २ पुरुष र स्थानीय तह नखुलेको २ पुरुषमा संक्रमण देखिएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ५० पुगेको छ ।त्यस्तै प्रदेश १ मा अाज २७ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ६१९ जना डिस्चार्ज भएका छन् ।
हालसम्म १ लाख १८ हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रदेशमा अाज १ पुरुषको मृत्युु भएको छ। यो सगै प्रदेशमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।