क्लिनफिड कार्तिकबाट लागू हुँदा, अब सबै भारतीय न्यूज च्यानल बन्द हुन सक्ने

७ आश्विन २०७७, बुधबार
तस्विर : फिल्ममेकर

विराटनगर। असोज ७

आगामी कार्तिक महिनादेखि नेपालको कानून अनुसार विदेशी च्यानल विज्ञापन मुक्त हुँदैनन् यदि अटेरी गरे सरकारले सो च्यानल बन्दे गर्ने भनिएको छ।

केही टेलिभिजन सेवा प्रदायक कम्पनीले भरखर उपकरण ल्याउँदैछन् भने केहीले सुरसार गरेकै छैनन्। नेपालका टेलिभिजन सेवा प्रदायक कम्पनीहरू कसरी यसलाई कार्यान्वयन गर्ने भन्नेमा अलमलमा परिरहेका बेला भारतीय प्रसारकहरूले क्लिन फिड अर्थात् विज्ञापनमुक्त गरिदिन तयार गरिरहेका छन्।

नेपाल केवल टेलिभिजन सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीका अनुसार केही कम्पनी तयार रहेपनि प्रायःले यसमा इच्छा राखेका छैनन्। यसबाट कार्यान्वयन हुनेमा शंका देखिन्छ। तर सरकारले कसै गरी कार्यान्वयन गरेर छोड्ने बताइरहेको छ।

सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोकर्णमणि दुवाडीका अनुसार क्लिनफिड भए नभएको अनुगमनका लागि संयन्त्र बनिसकेको बताउँछन्।

गत बर्ष कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐन अनुसार विज्ञापनमुक्त प्रसारणका लागि एकबर्ष समय दिइएको थियो। जुन ऐन अनुरूप कुनैपनि विदेशी च्यानल विना विज्ञापन बजाउन पाइन्छ।

त्यस्तै भारतीय न्यूज च्यानलहरू पनि बन्द हुने बताइएको छ। खेलकुदका प्रत्यक्ष प्रसारणका लागि विज्ञापन आउने हुँदा त्यसलाई रोक्न असंभव देखिएपनि भारतीय प्रसारकहरूले त्यो पनि बन्द गर्न सकिने बताएका हुन्।

नेपालको विज्ञापन बजार सानो भएकाले भारतीय विज्ञापनले नेपाली विज्ञापन संकुचित बनाएका थिए। अब विभिन्न कम्पनीहरूले खुलेर विज्ञापन गर्ने हुँदा नेपाली विज्ञापन बजार बढ्ने बताइएको छ।

भारतीयहरूले नै क्लिनफिड गर्नेहुँदा च्यानलहरू महंगो दरमा किन्नुपर्ने हुनसक्ने र यसले नेपाली बजार समेत महङ्गिने हुँदा सर्वसाधारणलाई मूल्यभार बढ्नसक्नेमा पराजुलीले चिन्ता व्यक्त गरे