नग्न अवस्थामा बालिकाकाे शव फेला

८ आश्विन २०७७, बिहीबार
सांकेतिक तस्वीर

विराटनगर । असाेज ८

बझाङकाे मस्टा गाउँपालिका–२ एक बालिकाको नग्न अवस्थामा शव फेला परेकाे छ । हिजाे साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न भनी गएकी १२ वर्षीया बालिकाको हत्या भएकाे हुनसक्ने प्रहरीले जनाएकाे छ ।

राती अबेला पनि घर नआएपछि परिवारले खोजी गरेका थिए । करीब रातकाे १० बजेतिर गोठनजिकैको शिवमन्दिरमा नग्न अवस्थामा उनकाे शव भेटिएको थियाे।

सक्ने प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले अनुसार उनकाे बलात्कारपछि हत्या भएको हुनसक्छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ।