विराटनगर तरकारीमा व्यापारीको मनमौजी

८ आश्विन २०७७, बिहीबार
प्रतीनिधीमुल्क तस्विर

विराटनगर । असोज ७

विराटनगरमा तरकारीको मूल्यमा जथाभावी छ । व्यापारीले तरकारीको मूल्य मनमौजी राखेकाले उपभोक्ता मारमा परेका छन् ।

विराटनगरमा कुनै पनि प्रकारका सब्जीमा कुनै पसलमा पनि एकरुपता छैन । अालु, प्याज, पर्वल, लगायतका हरियो सागसब्जीहरुको मूल्यमा कुनै पनि व्यापारीको मूल्यमा समानता नभएपछि उपभोक्ता ठगिएका छन् ।

विराटनगरमा तरकारी व्यापार गर्ने गुद्री बजार र निजी क्षेत्रबाट सञ्चालित सेन्ट्रल बजार तथा भाटभटेनी सुपरमार्केट लगायतको मनमौजी सब्जीको मूल्य निर्धारणले आम उपभोक्ता मारमा परेका हुन् ।

प्रतीनिधीमुल्क तस्विर

बुधबार विराटनगरको सेन्ट्रल बजारमा नयाँ आलुको मूल्य प्रतिकिलो ९२ र पुरानो आलुको मुल्य प्रतिकिलो ५९ थियो भने भाटभटेनी र गुद्री बजारमा भने नयाँ आलुको मुल्य ९० र पुरानोको ६० रुपैयाँ प्रतिकिलो रहेको थियो । प्याजको मुल्य सेन्ट्रल बजारमा ९७ रहेकोमा भाटभटेनीमा ९९ र गुद्रीमा ८८ रुपैयाँ प्रतिकिलो तोकिएको थियो ।

पर्वल, गाँजर, टमाटर, खुर्सानी लगायतको मूल्य पनि एकसमान छैन । व्यापारीको मनमौजी चलिरहेको विराटनगरको यो तरकारीको मुल्य निर्धारण हुन नसक्दा सर्वसाधारण मर्कामा परेका हुन् ।

उपभोक्ता संरक्षण नियमावली २०५६ मा मूल्य निर्धारण सम्बन्धी नीति निर्माणको व्यवस्था गरिएको तर विराटनगरमा भने तरकारीको निश्चित मुल्य निर्धारण गर्ने निकाय नै छैन । मुल्यसुची अनुगमन गर्ने निकाय भएपनि मूल्य निर्धारण गर्ने निकायको अभाव रहेको छ ।

काठमाडौंमा अनुगमन टोली अाउदा प्याजको भाउ अाधा घट्छ

काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले बिहिबार बिहान मनोहराको तरकारी बजारमा प्याजको मूल्य सोध्दा १२० बताएपछि अनुगमन टोलीले प्याजको खरिद मूल्य मागेपछि नजिकैको अर्को पसलेले डराएर अाधा मूल्य घटाईहाले ।

‘अनुगमन टोली अाएपछि सब्जीको मूल्य व्यापारीहरु ह्वात्तै घटाउछन् । हिजो बेलुकी १४० भन्दै थिए, अहिलेको अहिलै ८० रुपैयाँ घटाएछन्’ एक उपभोक्ताले भने । प्याजको मूल्य आधा भन्दा धेरै घटेपछि अनुगमन टोलीकै सामुन्नेमा प्याज रित्तिएको थियो ।

अनुगमन टोलीले बढी मूल्यमा प्याज बिक्री गर्ने, खरिद तथा बिक्री मूल्य नराख्ने व्यापारीलाई कागजात लिएर महानगरको कृषि विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ ।