Logo

विराटनगरमा ७१ सहित प्रदेशमा ११४ थप, कूल संक्रमित छ हजार नाघे

Logo 2020-09-24 03-09    अभिमन्यु अभिजित

विराटनगर। असोज ८

मोरङको विराटनगरमा ७१ जना सहित प्रदेशभर ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ३६ महिला र ३५ पुरुष सहित प्रदेशमा ११४ जना थपिएका हुन्। योसँगै प्रदेशमा कूल संक्रमितको संख्या ६ हजार नाघेको छ।

जसमध्ये सुन्दरहरैंचाका २/२ महिला र पुरुष, बूढीगङ्गाका २ महिला ४ पुरुष, कटहरीका २ पुरुष, पथरीकी एक मलिला तथा धनपालथान र सुनवर्षीका १/१ पुरुष रहेका छन्।

यसैगरी सुनसरीको दुहवीमा १ महिला छ पुरुष, धरानका ४ महिला ९ पुरुष र इटहरीकी एक महिला रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।

उता झापाको भद्रपुर, कनकाई र झापा गाउँपालिका क्रमशः १/१ पुरुष तथा बिर्तामोडका दुई पुरुष रहेका छन्।

उदयपुरमा स्थानीय तह नखुलेका पुरुष र अन्य प्रदेशका एक पुरुष पनि थप भएका हुन्।

प्रदेशमा बिहीबार कूल ७९४ पिसीआर परीक्षण भएको थियो भने कूल परीक्षण १ लाख १८ हजार ८१० पुगेको छ।

हाल ३३ सय ३८ उपचारका क्रममा छन् भने २६ सय १९ जना निको भएर फर्किएका छन्। प्रदेशका कुनै आइसोलेसनबाट आज कोही डिस्चार्ज भएका छैनन् भने झापाका दुई पुरुषको निधन भएको छ। हालसम्म प्रदेशमा मृतकको संख्या ५९ पुगेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?