दमकमा सकृय क्लब हिमालयन टाइगरले गठन गर्याे- याेङ टाइगर

८ आश्विन २०७७, बिहीबार

हाम्राे विराटनगर । प्रदेश १ काे छुट्टै महत्व बाेकेकाे झापाकाे दमकमा सामाजिक काम गर्ने उद्धेश्यले क्लब हिमालयन टाईगरको योङ टाईगर कार्यसमिति गठन गरिएकाे छ । बिहीबार दमकका ऊर्जाशील युवाहरुलाई समेटेर क्लब हिमालयन टाईगर अन्तर्गतकै योङ टाइगर नामक कार्यसमिति गठन भएकाे हाे ।

क्लब हिमालयन टाईगरका अध्यक्ष रेवतचन्द्र भण्डारीकाे अध्यक्षतामा बसेकाे बैठकमा सचिव कुमार बाबु गजुरेल , सदस्य तेज कुमार श्रेष्ठ, संस्थापक सदस्य राजु खड्का , तीर्थराज चाम्लिङ राई र सुजन आचार्य लगमयताे उपस्थिति रहेकाे थियाे ।

बिहीबार नै कर्मठ युवाहरूलाइ पनि सामाजिक काममा हातेमालाे गर्न भनी अर्काे कार्यसमिति गठन गरिएकाे क्लब हिमालयन टाईगरका सदस्य काजी राउतले बताए ।

नवगठित योङ टाइगरको अध्यक्षमा क्रमशः राजु अधिकारी,उपाध्यक्षमा विपुल गुरागाँंई छन् । साथै सचिव विश्व प्रकाश तिम्सिना, सह-सचिव पूर्णिमा तिम्सिना ,कोषाध्यक्ष जोन जङ बुढाथोकी चयन भएका छन् ।

सदस्यहरूमा रक्षा अर्याल, सरुना गजमेर, अनिष कटुवाल, पंकज अधिकारी,सुदर्शन दाहाल र सुभम ढुंगेल रहेका छन् ।