राष्ट्रिय ट्रमा सेन्टरमा किन गरिन् जीताले हंगामा

९ आश्विन २०७७, शुक्रबार

विराटनगर । असोज ९

असोज ६ गते नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हङ्गामा गरेकि छिन् । असोज ६ गते साँझ २ घण्टा १५ मिनेटसम्म उनले वीर अस्पतालको ट्रमा सेन्टरमा अभद्र व्यवहारसहित हङ्गामा गरेकि हुन् ।

डाक्टर गोविन्द केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएपछि उनको समर्थनमा सरकारविरुद्ध प्रदर्शन गर्न केही व्यक्तिहरूसँगै राष्ट्रिय ट्रमा सेन्टर पुगेकी उनले केही समय नाराबाजी गरेर सेतो कोट लगाएर ट्रमा सेन्टरभित्र पसेकी थिइन् । आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै भित्र गएर त्यहीँ भित्र नाच्ने, गीत गाउने, इमरजेन्सी कक्षमा रहेका डाक्टर तथा नर्सहरुलाई थुक्ने, तथानाम गाली गर्ने र सरसामान फ्याकेर फुटाउने काम गरेकि छिन गरेकी थिइन् ।

ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा अाफुले बलात्कारीलाई मात्रै चिन्ने भन्दै हंगामा भएको प्रहरीको टोलीलाई पनि उनले बलात्कारी भन्दै चर्किएको इमरजेन्सी कक्षमा कार्यरत एक डाक्टरले बताएका छन् ।

ट्रमा सेन्टरमा हंगामा गरेकि उनले ज्ञानेन्द्र शाहीलाई बोलाइदिन आग्रह गरेकि थिइन् । शाही ट्रमा सेन्टर आइपुगेपछि मात्रै बराल शान्त भएर शाहीसँगै बाहिर निस्किएकि थिइन् ।

साथै उनको यो हर्कतको भिडियो डिलिट गर्न ज्ञानेन्द्र शाहीसँगै पुगेका केही व्यक्तिहरुले हर्कतको भिडियो खिचेका मान्छेहरुको मोबाइल खोसेका थिए । बरालको हर्कत धेरैजसो बिरामीका आफन्तहरुले क्यामेरामा कैद गरेका थिए ।

उनले नसालुपदार्थ सेवन गरेको हुनसक्ने वीर अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।