चीनलाई भारतको ठाडो चेतावनी ‘सिमातर्फ सैनिक बढे भने गोली चलाऊछौं’

९ आश्विन २०७७, शुक्रबार

विराटनगर । असोज ९

भारतले चीनलाई सीमा क्षेत्रमा चिनियाँ सैनिकहरू अघि बढेमा गोली चलाउने ठाडो चेतावनी दिएको छ । चीन र भारतबीच सीमा विवाद बढिरहेका बेला भारतले यस्तो चेतावनी दिएको हो ।

भारतीय सैनिक अधिकारीले भनेका छन्– ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि तपाईंहरु हाम्रो नजिक आउनु हुन्छ भने हामी गोली चलाउनेछौं । सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिइएको छ ।’

भारत र चीनबीच भएको छैटौं चरणको वार्तामा दुबै देश सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएका थिए ।

गत जूनमा भारत र चिनियाँ सैनिकबीच गलवान घाँटीमा झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको जनाएको थियो भने चीनले आफ्नो मृत्यु भएका सैनिकको संख्या जनाएको छैन ।