तीनदिनदेखि घटेको सुनको मूल्य शुक्रबार फेरि उकालो चढ्यो

९ आश्विन २०७७, शुक्रबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असोज ९

तीन दिनदेखि लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ८०० रुपैयाँले बढेर नेपाली बजारमा शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै शुक्रबार चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ। बिहिबार चाँदी एक हजार १२० रुपैयाँमा कारोबार भएको थियो ।