दमकमा २५ लाखको सम्पत्ति लिएर महिला फरार

९ आश्विन २०७७, शुक्रबार

 

विराटनगर । असोज ९

झापाको दमकमा विवाह गरेकि एक महिलाले श्रीमानको २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकि छिन् ।

दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरेकी तारा बास्तोला(न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर अाफ्नो प्रेमीसँग फरार भएकी छिन ।

घरदेखि दमक–६ मा रहेको पसल जाने भनेर निस्केकि उनी श्रीमानलाई पसल आउँछु भनेर फोनमा कुरा गरेपनि बेलुकासम्म नआएपछि सम्पर्क गर्दा ब्युटी पार्लरमा छु भनेर म्यासेज गरेकी थिइन् । तर घर नफर्किएपछि उनको खोजतलास गर्दा अन्तै केटासँग भागेको खुल्न आएको हो ।

घरको सिरानी मुनी पत्र राखेर भागेकि उनले अाफु पत्रकार प्रितम भट्टराईसँग गईसकेको र नखोज्नु भनेर पत्रमा उल्लेख गरेकि थिइन् ।

कान्तिपुर पब्लिकेशनमा काम गर्ने ताराका प्रेमीले गरेको समेत न्यौपानेलाई म्यासेन्जरमा कल गरी धम्क्याएका छन् । उनले तारा र आफूलाई नखोज्न भन्दै खोजी गरे सिध्याउने सम्मको धम्की दिएको न्यौपानेले बताएका छन् ।

राजुले इलाका प्रहरी कार्यालय दमकमा उनीहरु विरुद्ध जाहेरी समेत दिइसकेका छन् ।