लगातारको वर्षाले डुबानमा पारेको विराटनगर (फोटोफिचर सहित)

९ आश्विन २०७७, शुक्रबार

विराटनगर । असोज ९

मंगलबारदेखि लगातार परेको वर्षाले विराटनगरका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् ।

 

भारतको मध्य प्रदेशको पूर्वी भूभागमा रहेको न्युन चापीय क्षेत्र उत्तर–पूर्व सरिरहेको कारण नेपालका प्रदेश १, प्रदेश २, गण्डकी , बाग्मती र प्रदेश ५ का केही स्थानहरुमा मध्यम र भारी वर्षा भईरहेको छ ।

विराटनगर क्षेत्रमा पनि लगातार परेको वर्षासँगै कतिपय स्थान डुबानमा परेका छन् । लगातारका वर्षाका कारण खोला छेउका बस्तीमा बाढीले कटानको उच्च जोखिम रहेको र अासपासका क्षेत्रमा रहेका होचा घरहरु डुबानको चपेटामा परेका हुन् ।

मौसम पुर्वानुमान महाशाखाले अझ केहीदिन वर्षा हुने सम्भावना रहेको बताउदै अाएको छ भने वर्षाले क्षति पुर्याउन सक्ने ठाउहरुमा सजग भएर रहन अाग्रह समेत गरेको छ ।