Logo

अोली-प्रचण्डको खासखुस, मन्त्री परिषद पुनर्गठन सम्बन्धि मापदण्डको जिम्मा अध्यक्षद्वयलाई

Logo 2020-09-25 03-09    Hamro Biratnagar

 

विराटनगर । असोज ९

मन्त्रिपरिषद् हेरफेर गर्नका लागि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कानेखुशी सुरु भएको छ ।

हिजो बालुवाटारमा भएको ओली-प्रचण्ड भेटमा पनि मन्त्रिपरिषद् हेरफेर गर्ने बारेमा छलफल केन्द्रीत भएको थियो । सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेरका लागि आवश्यक छलफल, मापदण्ड तय तथा पात्र चयनको जिम्मा दुई अध्यक्षलाई दिएको थियो ।

ओलीले मन्त्री परिषदको परिवर्तन सम्बन्धि ३ मापदण्ड असोज ४ को सचिवालय बैठकमा राखेका थिए । जसमा पहिलो मापदण्डमा २ वर्ष कार्यकाल पूरा गरेका सबै मन्त्री हटाउने, दोस्रो मापदण्डमा कार्यसम्पादनमा राम्रो देखिएका मन्त्रीलाई निरन्तरता दिएर अन्यलाई हटाउने र तेस्रो मापदण्डमा रिक्त रहेका मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने भन्ने थियो ।

तर अोलीको तीन वटै मापदण्डमा प्रचण्डले खासै प्रतिक्रिया दिएका थिएनन् ।  बरू वरिष्ठ नेताहरूलाई समेत मन्त्रिपरिषद्मा कसरी समेट्न सकिन्छ भन्दै वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सन्दर्भमा बोलेका थिए ।

त्यस्तै अाज पनि अोली-प्रचण्डको बालुवाटारमा बैठक जारी छ । मन्त्रीपरिषद् पुनर्गठन सम्बन्धि मापदण्ड बनाउनेदेखि पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सचिवालयले अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?