बीपीमा शुक्रबार दुई संक्रमितको मृृत्यु

९ आश्विन २०७७, शुक्रबार

विराटनगर । असोज ९

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरीको राजविराज–३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी–१ का ५५ वर्षीय पुरुष रहेका छन् ।

भाद्र २५ गते सप्तरीका ७० वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएर गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा भर्ना भएका उनलाई वीपीमा रेफर गरिएको थियो ।

भदौ २८ गते राति वीपी प्रतिष्ठानमा भर्ना गरिएको उनको उपचारका क्रममा हिजो राति ११ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जनाएका छन् ।

त्यस्तै असोज ८ गते कोरोना पुष्टि भएका मोरङका ५५ वर्षीय पुरुष पनि गए राति ८:३० मा मृत्यु भएको थियो । उनी आन्द्राको क्यान्सर भएर जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्थामा रहेको सापकोटाले जनाएका छन् ।