प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ

९ आश्विन २०७७, शुक्रबार
सांकेतिक तस्वीर

विराटनगर ।  असाेज ९

झापा जिल्लाकाे अर्जुनधारा ११ बसपार्क र बिर्तामोडकाे भगवान चोक नजीकबाट प्रतिबन्धित लागुऔषध र खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।

जसमा बिर्तामोड ३ का २४ बर्षीय बिशाल राजवंशी र १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन् भने अर्का पनि बिर्तामोडकै २२ बर्षीय प्रदिप राजवंशी रहेकाे प्रहरीले जनाएकाे छ ।

बिहीबार राती बिशाल र नरप्रसादलाई ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ  ।

त्यस्तै प्रदिप राजवंशीलाई  पनि १० ग्राम प्रतिबन्धित ब्राउनसुगर लिई बिर्तामोडकाे भगवान चोकबाट पक्राउ गरिएकाे प्रहरी कार्यालयले झापाले जनाएको छ ।

काराेबारीमा संलग्न रहेका ती अभियुक्तहरूलाइ म्याद थप गरी कारबाही थालिएकाे प्रहरीले बताएकाे छ । पछिल्लाे समय झापामा लागूऔषधका घटनामा वृद्धि भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।