देशभर संक्रमितकाे संख्या ७० हजार नाघ्याे, आज १३१३ जना थपिए

९ आश्विन २०७७, शुक्रबार

गत २४ घण्टामा देशभर १३ सय१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै जम्मा संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ हाे ।

संक्रमितहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ  । कूल ५१ हजार ८ सय ६६ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्र १४ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।