
विराटनगर । असोज ९
जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) ले रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई स्लो बलिङ रेटमा बलिङ गराएको अारोपमा १२ लाख भारतीय रूपैयाँ जरिवाना लगाएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै आईपीएलले किंग्स इलेभेन पञ्जाबसँगको खेलमा स्लो ओभर रेटमा बलिङ गराएको आरोपमा कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना सुनाएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहिबार राति भएको खेलमा बैंग्लोर पञ्जाबसँग ९७ रनले हारेको थियो । सो खेलमा टस जितेर बलिङ गरेको बैंग्लोरले एक घण्टा ५१ मिनेटमा मात्रै अाफ्नो पारी सकेको थियो ।
टी–२० क्रिकेटमा एक पारी सरदर एक घण्टा ३० मिनेटमा सकिने हुँदा बैंग्लोरले धेरै समय लगाएको भन्दै कोहलीमाथि १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको अाइपिएलले जनाएको छ ।