
विराटनगर । असाेज ९
गत २४ घण्टामा विराटनगरमा २४ सहित प्रदेशमा ८५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लागत विवरण अनुसार मोरंगमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना थपिएकाे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जसमा विराटनगरका ८ महिला १६ पुरुष छन् । बुढीगंगाका ५, बेलबारी र धनपालथानका ३/३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १/१ पुरुष छन् भने रंगेलीमा १ महिलामा संक्रमण देखिएको छ ।
उता इटहरीका २ महिला १३ पुरुष, दुहवीका २ महिला २ पुरुष, इनरुवाका १ महिला २ पुरुष, बर्जुका १ महिला १ पुरुष छन् । त्यस्तै धरानकी १ महिला छन् ।
साथै झापाको भद्रपुरका १ महिला ९ पुरुष, विर्तामोड र दमकमा १/१ महिला तपिएका हुन् । तथा ताप्लेजुङको फङलिङका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ देखिएकाे छ।
याेसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ६ हजार १४९ पुगेको मन्त्रालयले जनाएकाे छ। प्रदेशभरबाट शुक्रबार ३८ जना डिस्चार्ज भएका छन् । साथै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५६ पुगेको छ ।
प्रदेश १ मा आज ६ सय २५ जनाका पीसीआर परीक्षण गरिएकाेमा २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हाे । हाल सम्म १ लाख १९ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको र ६१ जनाकाे मृत्यु भइसकेकाे पनि विकास मन्त्रालयले जनाएको छ ।