Logo

स्कूले विद्यार्थीहरूका लागि निकै सस्ताे दरमा इन्टरनेट विस्तारकाे तयारीमा नेपाल टेलिकम

Logo 2020-09-25 07-09    अभिमन्यु अभिजित

काठमाडौं । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पु¥याउनका लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको छ ।

यस अन्तर्गत नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने प्रयोजनका लागि कम्पनीको प्रिपेड मोबाइल ‘पाठशाला सियूजी (CUG) सिम’ निःशुल्क उपलब्ध गराउन लागेको हो ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?