Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

राेकिएका सबै परीक्षा कार्तिकबाट सुरु गर्ने लाेकसेवाकाे तयारी

2020-09-25 08-09 | अभिमन्यु अभिजित                  


A+ A A-

विराटनगर । असाेज ९

कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार परीक्षा सुचारु हुन लागेको हो ।

मन्त्रिपरिषद्ले अनुमति दिएपछि आयोगले शुक्रबार शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

अधिकृतको १८ कात्तिकदेखि तथा नासुको ७ मंसिरदेखि लिखित परीक्षा सुचारु गर्न लागिएको छ । परीक्षाका लागि आयोगले विशेष मापदण्ड बनाएर लागू गर्ने भएको छ ।

कोरोनाका कारण करिब १३ हजार पदको भर्ना प्रक्रिया स्थगित भएको थियो । यो वर्षको पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय