कालापानीमा गृहमन्त्रीको हवाई निरीक्षण

१० आश्विन २०७७, शनिबार

 

 

विराटनगर । असोज १०

सशस्त्र प्रहरीको ५० नम्बर गुल्म शिलान्यास गर्न दार्चुलाको छाङरु पुगेका गृहमन्त्री रामबहादुर थापा नेतृत्वको टोलीले कालापानी क्षेत्रको  निरीक्षण गरेको छ ।

शुक्रबार दार्चुला पुगेको टोलीले हवाईजहाज मार्फत् कालापानी क्षेत्रको निरीक्षण गरेको बताइएको छ ।

गृहमन्त्री थापा सहित दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना समेत रहेको टोलीमा गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, सुरक्षा सल्लाहकार इन्द्रजीत राई लगायत सहभागि छन् ।