विपीमा थप एक संक्रमितको मृत्यु

१० आश्विन २०७७, शनिबार
प्रतिनिधिमूलक तस्वीर

 

 

विराटनगर । असोज १०

 

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराती थप एक वृद्धको कोरोनाका कारण मृत्यु भएको छ ।

 

सप्तरी राजविराज ३ का ६३ वर्षिय वृद्धको उपचारको क्रममा गएराति १:३० मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् ।

 

ज्वरो, खोकी तथा स्वासप्रस्वासमा कठिन भएर विराट मेडिकल कलेजमा भर्ना भएका उनी असोज ८ गते रेफर भएर प्रतिष्ठानमा आएका थिए । उनको सोहि दिन पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

याेसँगै प्रतिष्ठानमा मृत्यु हुने कुल काेराेना संक्रमितहरुको संख्या ३४ पुगेको छ ।