वृद्धाको हत्या गरेको अारोपमा एक पक्राउ

१० आश्विन २०७७, शनिबार
सांकेतिक तस्वीर

 

विराटनगर । असोज १०

तनहुँको शुक्लागण्डकी नगरपालिकाकी एक वुद्धाको हत्या गरेको अारोपमा प्रहरी शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।

शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतमलाई दमौली बजारबाट पक्राउ गरेको छ।

शुक्रबार बिहान घरभित्रै हत्या गरेको अवस्थामा वृद्धाको शव फेला परेको थियो । आफ्नै घरभित्र भुइँमा दुवै हात खुट्टा र घाँटीमा कपडाले बाँधी मृत अवस्थामा उनको शव फेला परेको थियो। उनको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न अाएको प्रहरीले जनाएको छ ।

शव फेला परेलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको टोलीले कुकुर समेत परिचालित गरी सुक्ष्म रुपमा अनुसन्धान गर्दा हत्यामा संलग्न रही फरार रहेका गौतमलाई हुलिया परिवर्तन गरेर हिडिरहेको अवस्थामा व्यास नगरपालिका–२ स्थित सहिदगेटमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् ।